जिप्रकामा राखियो जातीय तथा सामाजिक छुवाछुतविरुद्धको बोर्ड

पाेखरा | माघ २२, २०८०

जिप्रकामा राखियो जातीय तथा सामाजिक छुवाछुतविरुद्धको बोर्ड

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राखिएको छ ।

 

आवाज संस्थाले एक कार्यक्रमको आयोजना गरी आज (सोमबार) कास्की प्रहरी कार्यालयको सहायता कक्षमा उक्त बोर्ड राखेको हो ।

 

सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख एसपी मोहन कुमार थापाले सेवाग्राहीलाई लक्षित गरी राखिएको बोर्ड निकै उपायोगी हुने विश्वास व्यक्त गरे ।

 

उनले समाजमा हुने सामाजिक तथा जातीय छुवाछुत र भेदभावका घटनाविद्ध प्रतिकार गर्नुपने बताउदै प्रहरीलाई जानकारी गराउनुपर्ने बताए ।

 

एसपी थापाले सामाजिक रुपान्तरणका लागि यस्तै जनचेतनामूलक कार्यक्रम आगामी दिनमासमेत निरन्तर गर्दै जान आवाज संस्थालाई सुझाव दिएका थिए ।

 

आवाज संस्था सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।


 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्